४ कार्तिक २०८३, बुधबार

जनगणनामा खटिने कर्मचारीलाई ५ लाखको बीमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सरकारले राष्ट्रिय जनगणना–२०७८ मा खटिने कर्मचारीलाई ५ लाख रुपैयाँको बीमा गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्यांक विभागले उक्त व्यवस्था गर्ने भएको हो । आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने जनगणनामा खटाइने ३९ हजार कर्मचारीका निम्ति यो व्यवस्था गर्न लागिएको हो ।

‘साथै जनगणना कार्यमा खटिने कर्मचारी घाइते भएमा उपचारका लागि नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक कार्यविधिअनुसार बढीमा ५० हजार रुपैयाँ उपलब्ध गराइने छ ।

विभागले जनगणनाका निम्ति आवश्यक पर्ने ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको माग यसअघि नै गरिसकेको छ ।