काठमाडौं, २६ माघ । मानव अधिकार सम्बन्धि क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले बैतडीमा बलात्कारपछि हत्या गरिएकी कक्षा १२ मा अध्ययनरत १७ बर्षीया भागिरथि भट्टको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आज सोमबार फानले एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरि कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित राहतको व्यवस्था समेत गर्न फानले सरकारसमक्ष आग्रह गरेको छ ।
फानका कार्यबाहक अध्यक्ष भक्तराज जोशीद्वारा जारी विज्ञप्तिमा पश्चिम नेपालका विभिन्न जिल्लामा यस्ता जगन्य अपराधहरु झन्–झन् बढिरहनु अत्यन्तै दुःखद् पक्ष भएको जनाइएको छ ।
साथै विज्ञप्तिमा भनिएको छ, ‘महिला तथा बालिकाका माथि भइरहेका यस्ता जघन्य मानव अधिकार हनन्का घटना तथा अपराधले नेपालको अन्तर्राष्ट्रिय छवि समेत धमिलिएको छ । महिला तथा बालबालिका माथि भइरहेका यस्ता घटनाका दोषीहरुलाई कडा भन्दा कार्वाहीको जोडदार माग गर्दैछौ ।’
















प्रतिक्रिया