४ कार्तिक २०८३, बुधबार

प्रेस संगठन नेपालद्वारा उपत्यकाका तीनवटै जिल्ला कमिटी पुनर्गठन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीले काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीहरु पुनर्गठन गरेको छ ।

उपत्यका प्रदेश कमिटीका संयोजक हेमराज सिलवालको अध्यक्षतामा गत शनिबार (माघ २४ गते) बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला कमिटी पुनर्गठन गरेको हो ।

संयोजक सिलवालका अनुसार काठमाडौंको संयोजकमा पुकार तिमिल्सिना तथा सह–संयोजकमा ज्योति जिसी र नूरराज कँडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै ललितपुरमा संयोजकको जिम्मेवारी बालमुकुन्द आचार्य र सह–संयोजकको जिम्मेवारी अशोक दुलाललाई दिइएको छ भने भक्तपुर जिल्ला कमिटीको संयोजकका रुपमा हेमराज ढकाल तथा सह–संयोजकको जिम्मेवारी अञ्जना शिल्पकारलाई दिइएको छ ।

संगठनका केन्द्रीय संयोजक गणेश बस्नेत, केन्द्रीय नेता गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाललगायतको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले मातहतका जिल्ला कमिटीहरु पुनर्गठन गर्दै पुनर्गठित कमिटीहरुलाई आफ्नो कमिटी विस्तारसहित सक्रियतापूर्वक गतिविधि गर्न समेत निर्देशन दिइएको उपत्यका संयोजक सिलवालले जानकारी दिए ।