४ कार्तिक २०८३, बुधबार

हिजो आइतबार ६०० रुपैयाँले बढेको सुनको मूल्य आज कति घट्यो ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । साताको शुरुवाती दिन हिजो आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य दोस्रो दिन आज सोमबार २०० रुपैयाँले घटेको छ ।

प्रतितोला २०० रुपैयाँ घटेसँगै आज छापावाला सुन तोलाको ९० हजार ४०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।