बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

११ वटा वायुसेवा कम्पनीलाई बक्यौता रकम बुझाउन ३० दिने अल्टिमेटम

दैनिक नेपाल २०७७ माघ २६ गते ११:०२

काठमाडौं, २६ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ ।

प्राधिकरणले आज सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरुलाई ३० दिनभित्रमा उक्त रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन अल्टिमेटम दिएको हो ।

वक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुष्ट्याइसहित पेश गरी हिसाब मिलान गर्न पनि सूचनामा आग्रह गरिएको छ ।

प्रकाशित सूचनाअनुसार नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयरलाई ३० दिने म्याद दिइएको हो । यस्तै कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई पनि सोही अल्टिमेटम दिइएको छ ।

३० दिनभित्र पनि रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित