६ मंसिर २०८३, आइतबार

दैलेखमा थापाको हत्या गर्ने शाही पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २६ माघ । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दैलेखको महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई २ वर्ष कैद सजाय तोकिएको छ ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरिसकेपछि फरार भएका उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनलाई बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको कार्यालयले जनाएको छ । केही समय कैद भुक्तानीपछि बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि शाही थुनामुक्त भई फरार थिए ।

२०६१ साल साउन २७ गते पत्रकार डेकन्द्र थापाको हत्या भएको थियो। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले उनको हत्या गरेका हुन् । उनको दैलेखको नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ मा शव भेटिएको थियो ।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला पाँच जना पक्राउ परेका थिए ।