६ मंसिर २०८३, आइतबार

बारामा ४८ वर्षीय महिलाको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, २६ माघ । बारा जिल्लामा ४८ वर्षीया महिला कान्तिदेवी कुशवाहको हत्या भएको छ ।

महागढीमाई नगरपालिका– १ की कुशवाहको आइतबार राति घरभित्रै हत्या भएको हो । कुशवाहको गालामा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको पतिले प्रहरीसमक्ष बताएका छन् ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरू अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।