१० कार्तिक २०८३, मंगलबार

रैनादेवीस्थित फर्निचर उद्योगमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

तानसेन, २६ माघ । पाल्पा जिल्लामा फर्निचर उद्योगमा आगलागी हुँदा करीव ९ लाख बराबरको क्षति भएको छ ।

सोमबार बिहान साढे ४ बजे रैनादेवी छहरा गाउँपालिका– ४ छहरामा रहेको युवराज रजालीको उद्योगमा आगलागी भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

एक तले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाईउड लगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले आगलागीका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।