२ कार्तिक २०८३, सोमबार

म्यानचेस्टर सिटीसँग लिभुरपुल पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन,२६ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

लिभरपुलको मैदानमा आइतबार राति भएको खेलमा चौँथो स्थानमा रहेको लिभरपुललाई ४–१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।

म्यानचेस्टर सिटीलाई जिताउन इल्के गुण्डोगानले दुई तथा रहिम स्ट्रर्लिङ र फिल फोडेनले एकरएक गोल गरे । जितसँगै म्यानचेस्टर सिटीको ५० अङ्क भएको छ ।

पाँचौँ स्थानमा रहेको चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र उल्भर ह्याम्पटन वान्डरसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

अर्को खेलमा आठौँ स्थानमा रहेको टोटनह्याम हटस्परले वेष्ट ब्रोमलाई २–० गोलले पराजित गरेको छ ।