मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अमेरिकाका पूर्वविदेश मन्त्री जर्ज शुल्ट्जको निधन

दैनिक नेपाल २०७७ माघ २६ गते ७:५७

न्युयोर्क, २६ माघ । अमेरिकाका पूर्वविदेश मन्त्री जर्ज शुल्ट्जको निधन भएको छ ।

२०औँ शताब्दीको अन्त्यतिर परराष्ट्र नीतिलाई महत्वपूर्ण आकार दिन केन्द्रीय भूमिका खेलेका शुल्ट्जको १०० वर्षको उमेरमा निधन भएको हो ।

क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा उनको शनिबार निधन भएको हूभर इन्स्टिच्यूड अफ थिंक ट्याङ्कले बताएको छ ।

शुल्ट्जले विभिन्न जिम्मेवारीमा रहेर तीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावर, रिचार्ड निक्सन र रोनाल्ड रेगनको शासनकालमा सेवा गरे ।

रेगन प्रशासनमा शुल्ट्जले १९८० को अधिकांश समय तत्कालीन सोभियत युनियनसँगको सम्बन्ध सुधारमा खर्चिएका थिए ।

शुल्ट्जले डिस्टिङ्गुइस्ड फेलोका रुपमा काम गरेको हूभर इन्स्टिच्यूडले शितयुद्ध अन्त्यका लागि उनले प्रयोग गरेको कूटनीतिक कौशल महत्वपूर्ण रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित