बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु

दैनिक नेपाल २०७७ माघ २५ गते २०:२८

काठमाडौँ, २५ माघ । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरेको छ ।

फाइल बुझाउने कार्यक्रममा नेपाली काग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेल सहितको सहभागिता रहेको थियो ।

प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजात सहित प्रकृया पुरागरी बैक दर्तागर्न ५ सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे । दिउसो १ बजे विभाग पुगेका टोलीलेफाइल हस्तान्तरण गरेको थियो ।

फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रकृया अघि बढाउने जानकारी दिए । उनले भने, विधिवत रुपमा फाइल बुझेका छौ,अपुग भएमा फेरी कागजात मागेर प्रकृया थाल्नेछौ । उनले दर्ता प्रकृयामा विभागले सहयोग गर्ने बताएका थिए ।

बैंक दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए । बैक स्थापना गर्न ३ अर्ब पुजी आवश्यक पर्नेमा ८ अर्ब पुजी तयार भएको प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी गराए ।

उनले आजबाट बिधिवत रुपमा बैक दर्ता प्रकृया अघि बढेको जानकारी दिए । भने, विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ । बैक दर्ताको लागि सहकारी महासंघलेसहमति दिनुपर्नेछ । ऐन अनुसार बैकको स्वीकृति नेपाल राष्ट्रबैंकले दिनेछ ।

यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पुर्ण प्रकृया पुरा गरी दर्ता प्रकृया अघि बढाएको थियो । भेला लगत्तै ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।

प्रस्तावित बैकका अध्यक्ष भण्डारीले अब बैक सञ्चालन प्रकृया अघि बढिसकेको प्रतिक्रिया दिए । देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैक दर्तासंगै राष्ट्रिय सहकारी बैकको एकाधिकार तोडिने बताए । विभागले स्वीकृत दिए लगत्तै राष्ट्रबैंकले सहकारी क्षेत्र समेट्नेगरी दोस्रो सहकारी बैक स्थापना हुनेछ ।

दर्ता प्रकृया अघि बढाउन सबै सञ्चालक विभाग पुगेका थिए । प्रस्ताबित बैकको बैठकले बिहीबार २५ सदस्यीय सञ्चालक र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको थियो ।

दर्ता प्रकृया पुरा गर्न फाइल सहित विभाग पुग्नुभएका बैकका अध्यक्ष भण्डारीले राष्ट्रिय सहकारी बैकले राष्ट्र बैकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैकको ऐनमा सहकारी बैक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा पलब्ध गराउन नसक्नु, बिना धितो ठुलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नया बैकको आवश्यकता महसुस गरी दर्ता गरेको जानकारी दिए ।

उनले प्रकृया शुरु भैसकेको अवस्थामा यस्लाई अन्य कसैले रोक्न नसक्ने जिकीर गरे । उनले भने, आजबाट दर्ता प्रकृया शुरु भयो, अब कसैले रोक्न सक्दैन । उनले राष्ट्रिय सहकारी बैकका केही अधिकारीले बैंकको दर्ता प्रकृया अघि बढ्न नदिन विभिन्न प्रपन्च अपनाएका थिए ।

उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक दर्ता प्रकृया अघि बढाइएको जानकारी गराए । उनले भने, करिब एक वर्ष अघिदेखि प्रकृया शुरु गरेका थियौ अब दर्ता प्रकृया शुरु गर्नेछौ । उनले प्रारम्भीक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्था का एक हजार भन्दा बढी सदस्य सस्थाको फाइल विभागमा बुझाइएको जानकारी गराए ।

प्रस्तावित बैकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन भएका छन् ।

काठमाडौँबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहेका छन् ।

यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गरेका छन् । भेलाले काठमाडौँका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित