शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

किर्तिमानधारी ठकुरीद्वारा देशको लागि नयाँ फाङ्गकार्योको निर्माण, राजदुत डा कार्कीद्वारा सम्मानित

दैनिक नेपाल २०७७ माघ २५ गते १३:५९

काठमाडौँ, २५ माघ । ७ पटक बिश्व किर्तिमान गरेका कीर्तिमानधारी उज्ज्वल ठकुरीले देशको लागि नयाँ फाङ्गकार्योको निर्माण गरेका छन ।

मार्सल आर्ट्स अन्तर्गत कै लागि उनले आफ्नो देशको लागि निर्माण गरेको फाङ्गकार्योको लागि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की(विद्या वारिधि)ले ठकुरीलाई सम्मान साथ प्रमाणित समेत गरि दिएका छन् ।

राजदुत कार्कीले उनले गरेको उक्त कार्यको प्रशंसा गर्दै सबै नेपालीको लागि गौरवको कुरा बताए । सम्मान कार्यक्रममा सम्मानपत्र सहित राजदुतावासमा कार्यरत कुटनैतिक र कर्मचारीहरुको बीचमा प्रदान गरे । उनले यो हेर्दा सानो देखिन्छ तर देशको लागि ठुलो काम हो राजदुतले भने ।

साथै अझ खेलकुदमा अघि बढ्नुस र देशको नाम राख्न शुभकामना दिए । विदेशमा बसेर देशको नाम राख्ने प्रत्येक नेपालीको सम्मान राजदुतद्वारा हुन्छ र गरिन्छ र गर्नु पर्छ राजदुतले भने ।

किन गरे राजदुतले सम्मान गरे:

विश्वलाई चुनौती दिंदै उज्ज्वल ठकुरीले फाङ्ग गरेर विभिन्न विधामा अमेरिकामा राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जित्न सफल हुनुको साथसाथै ७ वटा विश्व किर्तिमान कायम गरेका ठकुरी हुन् । ठकुरीले देशको लागि धेरै ठुलो विधा निर्माण गरि रहेका छन् । त्यो विधाको नाम हो “फाङ्ग कार्यो’’ ।

केहो त “फाङ्गकार्यो’’ ? “फाङ्ग कार्यो’’ भनेको फाङ्ग गरेर काता गर्ने, फाङ्ग गरेर वजन उचाल्ने, फाङ्ग गरेर ब्रेकिङ्ग (फुटाउने) गर्ने, फाङ्ग गरेर हतियार चलाउने, फाङ्ग गरेर गोली प्रहार गर्ने, फाङ्ग गरेर धनुवाण चलाउने, फाङ्ग गरेर नानचाकु चलाउने र फाङ्ग गरेर भिड्ने (फाइट) हो ।

फाङ्गकर्योमा सबै भन्दा पृथक र गाह्रो हो । फाङ्ग नांनचाकु काता यो सबै खेल एक मिनेट भित्र को हो । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल बनाउन मिल्ने यो खेल हो। यो खेल अब नेपालले सिक्नु पर्ने हुन्छ। अमेरिका बसेर ठकुरीले डढेलधुरामा “फाङ्गकार्यो’’ को खेलाडी जन्माई सकेका छन्।

जसको नाम हो राजेन्द्र मदाई। “फाङ्गकार्यो’’ निर्माणको बिषय लिएर अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीद्वारा मान्यता प्राप्त सहित पत्राचार र सम्मानपत्र प्रदान गरि सकेका छन । जसमा लेखिएको छ “फाङ्गकार्यो’’ नेपालको सम्पत्ति हो ।

राजेन्द्र मदाईको “फाङ्गकार्यो’’ नान चाकु काता निर्माणः

राजेन्द्र मदाईलाई ठकुरीले अमेरिकामाबाट निर्देशन दिँदै “फाङ्गकार्यो“ मा नांन चाकुको निर्माण गर्न सिकाएका छन् । आज नेपालमा नांनचाकुको निर्माणकर्ता राजेन्द्र मदाई भएका छन् । फाङ्ग गरेर एक मिनेटमा नांनचाकु चलाउनु पर्ने हुन्छ जुन धेरै नै गाह्रो कुरा हो। नानचाकु ब्रुस्लीले निकालेका हुन् ।

कीर्तिमानधारी ठकुरीको निर्देशनमा भएता पनि फाङ्गकार्यो नानचाकु “राजेन्द्र मदाई को निर्माण हो । यो खबरसँगै सम्पूर्ण भिडियो(श्रव्य दृश्य) उज्ज्वल ठकुरीले सार्वजनिक गरेका छन् ।

एउटा डढेल्धुरामा बसेर एक खेलाडीले निर्देशनको भरमा निर्माण गर्न सक्छ भने भोलिको दिन “राजेन्द्र मदाई’’ ले प्रशिक्षण सुरु गर्दा खेल क्षेत्रलाई फाइदा पुग्न सक्ने छ ।

“फाङ्गकार्यो’’ को निर्माणमा देशलाई के फाइदा:

यो महत्पूर्ण कुरा थियो उज्ज्वल ठकुरीको लागि। यो निर्माणमा देशलाई धेरै फाइदा हुन्छ ठकुरीको भनाई छ । आज सम्म सियो बनाउन नसकेको भनि आरोप आउदा ठकुरीको मन पोल्ने गर्छ उनि भन्छन । त्यसैले आज “फाङ्गकार्यो’’ को निर्माण हुन् गयो गर्व गर्दै उनले भने ।

फाइदा के के हुन सक्छ:

अब “फाङ्गकार्यो’’ सिक्न संसारबाट नेपाल आउनु पर्ने हुन्छ । जब संसारबाट नेपाल “फाङ्गकार्यो’’ सिक्न नेपाल आउछन भने पर्यटन विकासको श्रोत बढ्ने छ । देशको आयस्रोत बढ्ने छ र नेपालको “फाङ्गकार्यो’’ सिकेर जान सक्नेछन । नेपाललाई विश्वले “फाङ्गकार्यो’’ बाट चिन्न सक्ने छन् । यसलाई विश्वव्यापी प्रतिस्पर्धामा ल्याउन सकिने छ ।

ठकुरीले अमेरिका बसेर एक खेलाडी नेपालमा जन्माए। भोलि नेपाल भरि यसरी नै अरु जन्मन सक्नेछन् ।

यी माथिका कुरा बाहेक शारीरिक तन्दुरुस्त हुने, तल घुडा देखि माथि टाउकोसम्म रक्त संचालन राम्रो हुने र मुख्य कुरासम्पूर्ण खुट्टा एकदम बलियो हुनेछ । साथै मुटु बलियो हुन्छ ।

“फाङ्गकार्यो’’ देशका युवापिढीमा जान सक्ने छ । “फाङ्गकार्यो’’ विश्वले सिक्ने छन ।

प्रतिक्रिया
सम्बन्धित