४ कार्तिक २०८३, बुधबार

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जितेन्द्रकुमार पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २५ माघ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले जितेन्द्रकुमार सदालाई पक्राउ गरेको छ ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका–७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ का ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको प्रहरीले बताएको छ । घटनाको सूचना प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।