१० कार्तिक २०८३, मंगलबार

क्यान कपिलवस्तुको १३ औँ साधारणसभा सूचना प्रविधिमा क्यानको अहम भूमिका

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, २५ माघ । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) का केन्द्रिय सदस्य धु्रवराज शर्मा ‘सुदिप’ ले सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिका रहेकोमा जोड दिए ।

जिल्लाको शिवराज ३, स्थित सुपादेउराली मन्दिर परिसरमा सम्पन्न कम्प्यूटर एशोसियसन नेपाल महासंघ, कपिलवस्तुको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै क्यान केन्द्रिय सदस्य शर्माले संगठनलाई बलियो बनाउन उर्जाशिल भई लाग्नुपर्नेमा सुझाव दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सूचना प्रविधिको विकासमा क्यानकै ठूलो योगदान रहेको समेत शर्माले चर्चा गरे ।

यता क्यान लुम्बिनी प्रदेश अध्यक्ष रोशन कँडेलले प्रविधि क्षेत्रको विकासमा नयाँपन आवश्यक रहेकोमा जोड दिए । क्यान प्रदेश अध्यक्ष कँडेलले संस्थालाई बलियो बनाउन गुटबन्दीमा लाग्न नहुने तर्क राखे ।

उनले जिल्लाका सबै प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायी तथा प्रशिक्षण केन्द्रहरुलाई जोड्दै नयाँ प्रविधि तथा कम्प्यूटरको आधुनिक शिक्षाबारे विशेष अभियान थाल्न सुझाव समेत दिए ।

साधारण सभामा लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा क्यान कपिलवस्तुका पूर्व अध्यक्ष माधव घिमिरेले क्यान कपिलवस्तुको ऐतिहासिक पृष्ठभूमिलाई उजागार गर्दै क्यानलाई जीवित राख्न सबैले अहम भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा क्यान लुम्बिनी प्रदेश सहसचिव नारायण प्रसाद खनाल, रुपन्देही उद्योग संघका पूर्व कार्यालय प्रमुख टीकाराम शर्मा लगायतले साधारण सभाको पूर्ण सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा क्यान कपिलवस्तुका अध्यक्ष सन्दीप श्रीवास्तवले भावी योजना प्रस्तुत गर्दै क्यान कपिलवस्तुलाई अझ सक्रिय बनाउन अग्रसर हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सचिव राम सुभागी चौधरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सुरेन्द्र भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।