
मोरङ, २५ माघ । प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
को. १४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका–७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही गाउँपालिका–५ स्थित नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा करिब १५० लिटर डिजेल सहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया