४ कार्तिक २०८३, बुधबार

सभामुखको मुद्दा न्यायाधीश ढुंगानाको एकल इजलाशमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । संवैधानिक परिषदले गरेका नियुक्ति र शपथग्रहणविरुद्ध विघटित प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले दायर गरेको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा तोकिएको छ ।

न्यायाधीश ढुंगानाको एकल इजलाशमा तोकिएको पेशी चौथो नम्बरमा छ । सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिट निवेदनमा प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास वैरागी लगायत संवैधानिक निकायमा नियुक्त भई शपथ लिने ३२ जना गरी ३९ जनालाई विपक्षी बनाइएको हो ।

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले गएको बुधबार शपथ लिएका थिए । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुले शपथ खाएका हुन् ।