४ कार्तिक २०८३, बुधबार

प्रदेश १ सभाको बैठक आज बस्दै, के होला शेरधन राईविरूद्धको अविश्वास प्रस्ताव ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको विवादका कारण माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ ।

उक्त बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने प्रचण्ड–माधव समूहको तयारी छ भने त्यसलाई रोक्ने पक्षमा ओली समूह देखिएको छ ।

राईविरुद्धको अविश्वास प्रस्तावसँगै यतिबेला प्रदेश १ सरकार संकटमा छ ।

दुई समूहको विवादकै कारण गत माघ ७ मा करिब ३ मिनेट बैठक बसेर स्थगित गरिएको थियो ।

दिउँसो २ बजे डाकिएको बैठकअघि कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

ओली समूहले कारबाही गरिएका १६ जना प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनमा प्रवेश नै गर्न दिन नहुने अडान लिँदै आएको छ । यदि कारबाही गरिएको समूहले बैठकमा प्रवेश पाए सभाको कामकारबाही नै अगाडि बढाउन नदिने ओली समूहको तयारी छ ।