
कञ्चनपुर, २५ माघ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
स्तम्भ नम्बर ७८३/२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।
उनका अनुसार लागुऔषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।















प्रतिक्रिया