मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

भारतमा कोरोना संक्रमणबाट १ लाख ५५ हजार भन्दा बढीको मृत्यु

दैनिक नेपाल २०७७ माघ २५ गते ९:०४

काठमाडौं, २५ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख २७ हजार १७० पुगेको छ ।

भारतमा १ करोड ५ लाख २१ हजार ४०९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ७३३ छ ।

प्रतिक्रिया
सम्बन्धित