१० कार्तिक २०८३, मंगलबार

बागमती सफाइ महाअभियान ४०४ औँ हप्तामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । बागमती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ ।

सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, नेपाली सेनाको चण्डी दल गण सिंहदरबार, एस ट्राभल्स, पहिलो पाइला, काठमाडौँ महानगर फोहर व्यवस्थापन विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, आलोकनगर समुदाय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । –रासस