१२ कार्तिक २०८३, बिहिबार

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या अभियोगमा पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, २४ माघ । आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका ३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका ७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

हरिमाया पुन शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गम बहादुरलाई पोखरा महानगरपालिका ३३ लामगादीबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

खाना नबनाएको विषयमा एकआपसमा झैझगडा हुँदा गम बहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।