
काठमाडौँ, २४ माघ । दाङमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार दङ्गिशरण गाउँपालिकाको रगैचा र लमहीमा भएका दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो ।
विपरित दिशाबाट आइरहेको रा १ त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवारमा दङ्गिशरण गाउँपालिका ४ बस्ने दिनेश खड्का र सोही ठाउँका विवेक थापाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।
त्यस्तै लमहीमा आफूले चलाएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । लमहीको अर्जुन खोलाको किनारबाट कमानपुरतर्फ जाँदै गरेको रा १ त ३१७४ नम्बरको ट्याक्टर लोड गरेर उकालोतर्फ जाँदै गर्दा लोड गरिएको ट्रालीले घाँटी थिचिँदा चालक लमही ७ बस्ने हेमन्त गिरि मृत्यु भएको हो ।















प्रतिक्रिया