४ कार्तिक २०८३, बुधबार

गोठमा आगलागी हुँदा २५ बाख्रा जले

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २४ माघ । बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् ।

आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ ।

हिजो शुक्रवार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए । रासस