४ कार्तिक २०८३, बुधबार

भोलिदेखि मौसममा सुधार आउने, आजको मौसम कस्तो छ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, माघ २४ । केही दिनदेखि बदली रहँदै आएको मौसम भोलिदेखि सुधार आउने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएएको छ ।

महाशाखाका अनुसार काठमाडौं, उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुने छ । हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो ।

दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाडौं, पानी परेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ ।

यो वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको मौसमविद् सापकोटाको भनाइ छ ।