लण्डन । नेदरल्यान्डसको फुटबल क्लब आयाक्सका गोलकिपर एन्ड्रे ओनाना एक वर्षको प्रतिबन्धमा परेका छन् ।
डोपिङ टेस्टमा उनले प्रतिबन्धित औषधि सेवन गरेको पाइएपछि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले फुटबलका सबै गतिविधिमा संलग्न हुन नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको हो ।
२०२० को अक्टोवरमा उनको पिसाब परीक्षण गर्दाको नतिजाका आधारमा अहिले उनीमाथि प्रतिबन्ध लागेको हो । आयाक्सले क्यामरुनका खेलाडी ओनानामाथि लागेको प्रतिबन्धको विषयमा गल्तीले उनले श्रीमतीको औषधि खाँदा खेलअघि प्रतिबन्धित हुने औषधी पर्न गएको जनाएको छ ।
‘२०२० को अक्टोवर ३० मा ओनानाले अस्वस्थ महसुस गरेका थिए। त्यही अप्ठ्यारोमा सजिलो पार्न उनले एक चक्की औषधि खाएका हुन् । उनको श्रीमतीले प्रयोग गरिरहेको औषधि गल्तीले खान पुग्दा यस्तो भएको हो, गलत काम गर्ने उनको मनसाय होइन’, आयाक्सले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
आफूहरूले उनीमाथिको प्रतिबन्ध १२ महिनाभन्दा कम हुन सक्ने विषयमा पहल गर्ने आयाक्सले उल्लेख गरेको छ । प्रतिबन्धको समय ओनानाले आयाक्स क्लबका साथै राष्ट्रिय टिमका सबै खेलहरू गुमाउनेछन् । जसमा अफ्रिका कप आफ नेसन्स उनका लागि महत्वपूर्ण हुने थियो ।















प्रतिक्रिया