१० कार्तिक २०८३, मंगलबार

मनाङका समाजसेवी गुरुङको निधन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाली कांग्रेस मनाङका नेता एवम् समाजसेवी फञ्जोप्रसाद गुरुङको निधन भएको छ ।

मनाङ जिल्लाको ङिस्याङ निवासी गुरुङको निधन भएपछि कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य एवम् विघठित प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले गुरुङको निधनले पार्टीलाई ठूलो धक्का पुगेको बताएका छन् ।

गुरुङ नेपाली कांग्रेसबाट २०५४ सालमा जिल्ला विकास समिति मनाङको सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए । गुरुङ मनाङ जिल्लामा निकै लोकप्रिय मानिन्छन् ।

शुक्रबार ट्वीट गर्दै खाँणले गुरुङको असामयिक निधनले स्तब्ध बनाएको बताएका छन् । ‘गुरुङप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, कांग्रेस नेता खाँणले भनेका छन् ।

नेपाली कांग्रेस मनाङले गुरुङको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।