सन्धिखर्क, २४ माघ । अर्घाखाँची जिल्लामा यस वर्ष ३४ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको छ ।
विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिए ।
भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भएपछि कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेतीतर्फ आर्कषित भएको उनले बताए ।
उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ । बाँकी बुटवल लगायत अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।
अर्घाखाँचीमा कुल ४ सय ९४ हेक्टरमा सुन्तला खेती भइरहेको छ ।















प्रतिक्रिया