
काठमाडौँ, २३ माघ । नेपाललाई चीन सरकारले ५ लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदान दिने भएको छ ।
यसअघि ३ लाख डोज मात्रै दिने बताइएकोमा चीनका विदेश मन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा ५ लाख डोज खोप उपलब्ध गराइने बताएका हुन् ।
परराष्ट्र मन्त्रालय एक विज्ञप्ति जारी गर्दै नेपाललाई चीनले ५ लाख डोज खोप दिनेबारे र दुई मन्त्रीहरुबीच आपसी साझेदारीबारे कुराकानी भएको जानकारी दिएको छ । त्यस्तै, उनीहरुबीचको टेलिफोन वार्तामा कोरोनाविरुद्धको खोपमा चीनले नेपाललाई प्राथामिकता दिने पनि छलफल भएको बताइएको छ ।
चीनले गर्ने खोपको अनुदानका लागि परराष्ट्रमन्त्री ज्ञवालीले धन्यवाद दिएका छन् ।















प्रतिक्रिया