१० कार्तिक २०८३, मंगलबार

टुकोनको खोटाङ जिल्ला समिति गठन

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २३ माघ । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले खोटाङमा जिल्ला कार्य समिति गठन गरेको छ ।

टुकोनका अध्यक्ष हिक्मत जङ्ग भण्डारीको प्रमुख आतिथ्यमा खोटाङमा आयोजित भेलाले इन्द्र बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय टुकोन जिल्ला कार्य समिती खोटाङ्ग गठन गरेको हो ।

राप्रपा खोटाङका अध्यक्ष जिल्ला जीवन कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भेलाद्वारा नवगठित समितिको उपाध्यक्षमा रामकाजी भुजेल, सचिबमा सन्देश श्रेष्ठ तथा कोषाध्यक्षमा तारादेवी श्रेष्ठ छन् ।

यस्तै सदस्यहरुमा लोक बहादुर कार्की, सम्पूर्ण राई, देवराज खत्री, नर बहादुर रम्तेल, राकेश मगर, राजन सुयल र श्याम कुमार थापा रहेका छन् ।