८ कार्तिक २०८३, आइतबार

स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसनस् मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा माघ २१ गते ग्लोबल आइएमई बैंक लिमिटेड र एससीटीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ्ग, इ बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीहरुको रहेको छ ।