४ कार्तिक २०८३, बुधबार

सिरहामा घरबाटै ‘अपहरण’ गरिएकाे दूधेबालक ७२ घण्टापछि भारतमा भेटियाे !

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

लहान, २३ माघ । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए ।

बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।

बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ ।

अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने प्रहरीको दाबी छ ।