४ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र बर्दीबास नगरप्रमुख कार्कीले बिर्सिए आफ्नै नैतिकता

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट र महोत्तरीको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले आफ्नै नैतिकता बिर्सेर जनविरोधी कार्यमा संलग्न भएका छन् ।

जनताको दैनिकी सहज बनाउने जिम्मेवारीप्राप्त मुख्यमन्त्री भट्ट र नगरप्रमुख कार्की नै प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालमा प्रत्यक्ष सहभागी भएर जनतालाई दुःख दिने काम गरिरहेका छन् ।

मन्त्री भट्ट जनतालाई प्रत्यक्ष प्रभावित तुल्याउने अपराधिका काम आमहड्तालको समर्थनमा बन्दकर्तासँगै संघीय राजधानीका सडकमा निस्किएका छन् भने नगरप्रमुख कार्की आफ्नै कार्यक्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् ।

ललितपुरको सातदोवाटोमा बिरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टसंगै उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी छन् ।

आफै सरकार प्रमुख भएर शान्ति सुरक्षामा खलल पुग्ने गरि गरिएका बन्द र तोडफोडमा मुख्यमन्त्री नै सहभागी भएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको आलोचना भएको छ ।

यस्तै आमहडताल सफल बनाउन नगरप्रमुख आफैं जनविरोधी काममा लाग्दा महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको छ । नगरप्रमुखसहितको बन्दकर्ताहरुले बर्दिबास नगरपालिकाको बीच सडकमा बाटो बन्द गरेपछि झडपको स्थिति सृजना भएको हो ।

अहिले त्यहाँ प्रहरीले पटक–पटक बाटो खुलाउन खोजिरहेको छ भने प्रदर्शनकारीले त्यसलाई रोक्न खोजेपछि केही बेर प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।