४ कार्तिक २०८३, बुधबार

सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ : पूर्वराजा ज्ञानेन्द्र शाह

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रचण्ड–माधव समूहले गरेको जनताको भावनाविपरीतको आमहड्तालप्रति विरोध जनाएका छन् ।

प्रचण्ड–माधवको समूहले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज तमासा देखाएको आरोप समेत उनले लगाएका छन् ।

केहीबेर अघि ट्विट गर्दै पूर्वराजा ज्ञानेन्द्रले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।

‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’, उनले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले ।’

‘जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न’, उनले भनेका छन् ।