३ कार्तिक २०८३, मंगलबार

मिस्टर एण्ड मिस थारुको अडिसन हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न शहरहरूमा एकसाथ अडिसन हुँदैछ ।

जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् । अडिसनस्थलदेखि सहभागीहरूको तयारी पूरा भइसकेको छ ।

फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिनेछ । अडिसनको पहिलोदिन माघ २४ गते चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वल्र्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा अडिसन हुनेछ ।

माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ । फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने चौधरीले बताए ।

अडिसनपश्चात छनौट भएका प्रतिस्पर्धीहरूको काठमाडौंमा प्रशिक्षण गरिनेछ । उनीहरूलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरू प्राप्त गर्ने इभेन्ट व्यवस्थापक सुदीप चौधरीले जानकारी दिए ।