काठमाडौं, २२ माघ । काठमाडौंको गोंगबुमा पुष्पकमल दाहाल–माधव नेपाल समूहका कार्यकर्ताले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।
बिहीबार बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल–नेपाल समूहका ६० जना कार्यकर्तालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएका छन ।















प्रतिक्रिया