२ कार्तिक २०८३, सोमबार

प्रचण्ड-माधव पक्षको आमहड्ताल फिर्ता

32.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । बिहीबार गरिने भनिएको आम हड्ताल फिर्ता लिइएको छ ।

नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरिएको आम हड्ताल फिर्ता लिइएको हो । २३ गते केपी ओली पक्षले आयोजना गर्न लागेको जनसभालाई विथोल्ने गरी हड्ताल घोषणा गरिएको थियो ।

दिउँसो पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको आम हड्ताल साँझ फिर्ता लिइएको प्रचण्ड समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

उनले आम नागरिकका तर्फबाट हड्तालको व्यापक विरोध भएपछि फिर्ता लिएको बताएका छन् । सामाजिक सञ्जालहरुमा हड्तालको विरोध भइरहेको छ ।

सर्वसाधरणले बन्द गरे प्रतिकार गर्ने बताइरहेका थिए । व्यवसायीहरुले कोरोनाबाट थलिएको व्यवसायीक क्षेत्रमा ठुलो नोक्सान हुने भन्दै हड्ताल नगर्न माग गरेका छन् ।