८ कार्तिक २०८३, आइतबार

घोषित बन्दमा यातायात व्यवसायलगात सबै सेवा निर्धक्क सञ्चालन गर्न गृहमन्त्रालयको अपील

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । सरकारले प्रचण्ड–नेपाल पक्षको आमहड्तालमा सबै किसिमका सेवा निर्धक्क रुपमा सञ्चालन गर्न अपील गरेको छ ।

वुधबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी विज्ञप्ति गर्दै सर्वसाधारणमा यस्तो अपील गरेको हो ।

विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।

प्रचण्ड माधव समूहले बिहीबार नेपाल बन्दको घोषणा गरेको छ । देशमा आमूल राजनीतिक परिवर्तनपछि पनि बन्द हड्तालका विषय आउँदा सर्वसाधारणहरुले स्वतस्फूर्त रुपमा त्यसको विरोध गरेका छन् । सामाजिक सञ्जालमा बन्दको विरोध गर्नेबारे आम जनताले आवाज उठाउन थालेका छन् ।