सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

भारतमा कल गर्न एनसेलले ल्यायो सुलभ दरका भ्वाइस प्याकहरु

दैनिक नेपाल २०७७ माघ २० गते १४:४१

काठमाडौं, २० माघ । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतस्थित आफ्ना आफन्तसँग कुरा गर्न पाउने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित रू. २५ मा भारतमा रहेका आफ्ना आफन्तसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्ने छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ ।
यो भ्वाइस प्याकका लागि एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गरेर खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

त्यस्तै विन्टर अफरअन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित रू. १४ मा खरिद गर्न सक्छन् र रू. १.९९ प्रतिमिनेट (करसहित रू. २.५४ प्रतिमिनेट) को दरमा भारतमा कल गर्न पाउने छन् ।

भ्वाइस प्याकबिना भारतमा कल गर्दा विद्यमान शुल्क रू. २.९९ प्रतिमिनेट (करसहित रू. ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्ने छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित