४ कार्तिक २०८३, बुधबार

कोटेश्वरस्थित विष्णुप्रसाद ढकालको घरमा तास खेलिरहेका ६ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित विष्णुप्रसाद ढकालको घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने काभ्रे चौरीदेउरालीका ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ३०० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्ने अन्य ५ जनाको विवरण भने प्रहरीले खुलाएको छैन ।