२ कार्तिक २०८३, सोमबार

पूर्वप्रधानमन्त्री प्रचण्डविरुद्ध परेको अपहेलनासम्बन्धी मुद्दाबारे आज बहस हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अपहेलनासम्बन्धी मुद्दाबारे आज मंगलबार अदालतमा बहस हुने भएको छ ।

त्यससम्बन्धी मुद्दाबारे न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा बहस हुने सर्वोच्च अदालतले जनाएको छ । गएको शुक्रबार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गरेका थिए ।

प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्‍यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताएका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, ४ जना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।

यो मुद्दामा अदालतले लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ ।

क्याम्पस पढ्ने विद्यार्थीले दाहाललाई अदालत लगे, आज सुनुवाइ