४ कार्तिक २०८३, बुधबार

महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतदेखि साधारण शेयर जारी गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

संस्थाले जारी पूँजीको ३ लाख ७५ हजार कित्ता सर्वसाधारणमा लागि निष्‍काशन गर्न लागेको हो ।

लघुवित्तको जारी पुँजी १० करोडको ४० प्रतिशत निष्‍काशनका लागि छुट्याएको छ । प्रति सेयर १०० रुपैयाँ अंकित दरमा ४ लाख कित्ता साधारण सेयर विक्री खुला गर्न लागिएको छ ।

त्यसमध्ये ५ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्‍यसबाहेक २० हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि राखिएको कम्‍पनीले जानकारी दिएको छ ।