४ कार्तिक २०८३, बुधबार

आइतबारको छलफलमा अनुपस्थित प्रचण्ड–माधव समूह आज किन पुग्यो निर्वाचन आयोग ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

नेकपाको ओली र प्रचण्ड–माधव दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।

आयोगले दुबै पक्षको आग्रह अस्वीकार गरेपछि प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै नेकपाको दुबै समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि दुवै पक्षलाई माघ १८ गते आयोगमा बोलाएको थियो । तर प्रचण्ड–माधव पक्षले १८ गते उपस्थित हुन नसक्ने बताएको थियो ।