१२ कार्तिक २०८३, बिहिबार

अब जंगल गएर मंसाहारी आन्दोलन गर्न सम्भव छैन: प्रधानमन्त्री ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा मंसाहारी आन्दोलनको सम्भावना नरहेको बताएका छन् ।

सिरहामा शहिद हेम नारायणको स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले अब नेपालमा नरभक्षी आन्दोलन गर्न सम्भव नभएको बताएका हुन् ।

प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब शहाकारी आन्दोलनले मात्रै नहुने बताएको भन्दै प्रधानमन्त्री ओलीले अब जंगल जाने अवस्था नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूहरुले देशको विकासका निम्ती कार्य गरिहेकाले जनताको साथ रहेको र कुनै पनि झुटको पछि नलाग्न आग्रह समेत गरेका छन् ।

प्रचण्ड पक्षतिर कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले अब वैशाखमा हुने चुनावले उनीहरुलाई जनताले नै विदा गर्ने बताए ।