१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीलाई पार्टीबाटै र पौडेललाई महासचिवबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

उक्त समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाउने तथा विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको छ ।

उक्त समूहको सोमबार बसेको चौथो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीलाई पार्टीबाट हटाउने र महासचिवको पद खोस्ने प्रस्ताव पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । यसअघि माघ ११ गते पनि उक्त समूहको बैठकले यस्तै निर्णय गरेको थियो ।

त्यही निर्णयलाई सोमबारको बैठकबाट अनुमोदन गराइएको उक्त पक्षको दावी छ ।

त्यस्तै, बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय पनि गरेको बताइएको छ ।