
काठमाडौँ, १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ९८ जना पुगेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या २ हजार २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ७५ हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया