१२ कार्तिक २०८३, बिहिबार

संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाइएकोमा अध्यक्ष तिमिल्सिनाको असहमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् ।

सोमबार पत्रकार सम्मलेनमार्फत अध्यक्ष तिमिल्सिनाले आफूसँगको सल्लाहबिनै सभामुख सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएको भन्दै असहमति व्यक्त गरेका हुन् ।

तिमिल्सिनाले संसद सचिवालयमा राष्ट्रियसभाको पनि प्रतिनिधित्व रहेको र त्यसले निर्णय गर्दा आफूलाई पनि थाहा दिनुपर्ने र सहमति लिनुपर्नेमा त्यस्तो नभएको भन्दै माथिल्लो सदनको उक्त निर्णयमा असहमति व्यक्त गरेका हुन् ।