सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

म्यान्मारमा सेनाले लियो सत्ता, सङ्कटकाल घोषणा, आङ सान सू चीसहित पक्राउ

दैनिक नेपाल २०७७ माघ १९ गते १२:५०

काठमाडौँ, १९ माघ । म्यान्मारमा सैनिक कु भएको छ । त्यहाँको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ ।

सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ ।

शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए ।

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो ।

गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो ।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक सोमवार (आज) बस्ने योजना थियो ।

तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो ।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन् । –बीबीसी

प्रतिक्रिया
सम्बन्धित