बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने म्याद थपियो, कति कित्ता भयो विक्री ?

दैनिक नेपाल २०७७ माघ १८ गते १२:५०

काठमाडौं, १८ माघ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने म्याद थप गरिएको छ ।

माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा पर्याप्त आवेदन नपरेपछि थप १५ दिन म्याद थप गरिएको विक्री प्रबन्धक मेगा क्यापिटलले बताएको छ ।

थपिएको समयअनुसार सो आईपीओमा अब फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

आर्इपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा गत शुक्रबारसम्म ५ करोड रुपैयाँभन्दा केही बढीको मात्रै आवेदन परेको छ । मेगा क्यापिटलका अनुसार ३ हजार १५६ जना आवेदकले उक्त रकम बराबरको शेयर माग गरेका हुन् ।

हेर्नुहोस् सूचना–

प्रतिक्रिया
सम्बन्धित