४ कार्तिक २०८३, बुधबार

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेर प्रतितोला ९२ हजार रुपैयाँ कायम रहेको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार पनि चाँदीको मूल्य वृद्धि भई प्रतितोला १ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।