१० कार्तिक २०८३, मंगलबार

राष्ट्रिय कलाकारको प्रस्तुतिसहित चक्रपथ सफाई अभियानको दुई सय हप्ता पूरा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । चक्रपथलाई नयाँ अनुहार दिदै चक्रपथ सफाइ अभियानले २ सय हप्ता पूरा गरेको छ ।

२ सय हप्ता पुगेको उपलक्ष्यमा शनिबार राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिसहित बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको संयोजकत्वमा २ सय हप्ता अगाडिदेखि चक्रपथ सफाई कार्यक्रम प्रारम्भ भएको थियो ।

२ हप्तामा ४ सय मेट्रिक टन फोहर उठाइएको दाबी गरिएको छ । सफाई कार्यक्रममा सुरक्षा निकाय लगायत हरेक क्षेत्रको सहभागिता रहने गरेको छ । जसले गर्दा राजधानीको चक्रपथले नयां अनुहार फेरको अनुभुति गरिएको छ ।

चक्रपथ सफाई अभियानमा सुरक्षा निकायको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको र चक्रपथ बाहिरका नागरिक सहभागी हुने गरेको भएपनि स्वयं चक्रपथ सडककै छेउमा घर हुनेहरू भने सफाई कार्यक्रममा सहभागी हुने गरेका छैनन् । उनीहरूले छतबाट सफाई गरेको हेर्न लाज मान्दैनन् तर, सफाई गर्न सडकमा आउने गर्दैनन् ।

सफाई कार्यक्रमको २ हप्ताको उपलक्ष्यमा शनिबार लोकप्रिय चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, लोकप्रिय राष्ट्रिय कलाकारहरू बद्री पंगेनी, मञ्जु पौडेल, कल्पना दाहाल , तिलक बस्नेतले निकै रोचक प्रस्तुति दिएका थिए । उहाहरूको प्रस्तुतिले नै कार्यक्रमलाई भब्य बनाएको थियो ।

सो अबसरमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सफाई कार्यक्रम र टोखा नगरपालिकाले गरिरहेका कामबारे जानकारी गराए । कार्यक्रममा संयोजक टण्डन, सफाइ अभियानता भुपाल आचार्यले धारणा राखेका थिए ।